रायो सागको खेती कहिले लगाउने र कसरी ?

खेतीपाती तरकारी बाली
2.1kViews

काठमाडौं : रायोको साग, बहुउपयोगी, स्वास्थ्यकोलागी अनेकौँ फाइदै फाइदा भएको बिशेष जाडो (हिउँद) महिनामा पाइने बिभिन्न हरियो सागपात मध्ये रायोको साग पनि एउटा एक प्रमुख तरकारी हो। हरिया सागपातहरूमा रायोको प्रथम स्थान आउँछ । सबभन्दा प्रचलित तरकारीहरुमा यसको दोश्रो स्थान आउँछ । यसमा भिटामिनहरू ए. बी. सी. ई. का साथै फलाम, क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा पाइने हुँदा पौष्टिक दृष्टिकोणले महत्वपूर्ण छ । यसको खेती तराईदेखि उच्च पहाडसम्म गर्न सकिन्छ ।

हावापानी

यसलाई चिसो हावापानीको आवश्यकता पर्ने हुँदा तराई र मध्य पहाडी इलाकामा यसको खेती दिउँदमा गर्नुपर्छ । उच्च पहाड़ी इलाकामा भने हिउँ र तुषारो पर्ने ज्यादा चिसो समय बाहेक अरु समयमा यसको खेती गर्न सकिन्छ ।

माटो

यसको खेती धेरै किसिमको माटोमा गर्न सकिन्छ तापनि धेरै समयसम्म पानी अड्याई राख्ने, प्रांगारिक पदार्थ प्रशस्त भएको दुमट माटो राम्रो हुन्छ ।

जग्गा तयारी

दुई-तीन पटक राम्ररी खनजोत गरी सिंचाई गर्दा एकनाससँग पानी पढ्ने र वर्षामा पानी नजम्ने गरी जग्गा सम्याउनुपर्छ ।

मलखाद

चालिसदेखि पचास डोको रामरी कुहिएको गोबर मल अथवा कम्पोष्ट मल, ४ किलो नाइट्रोजन २ किलो पोटाम र २ किलो फोस्फोरस प्रतिरोपनीको दरले जम्मा तयारी गर्दा माटोमा एकनाससँग और मिलाउनुपर्छ । नाइट्रोजनयुक्त मलको बढि आवश्यक पर्ने भएकोले प्रतिरोपनी तीन किलो युरियालाई ३ बराबर भागमा बोडेर पहिलो भाग बेर्ना सारेको एक महिनामा दोश्रो भाग डेढदेखि दुई महिनामा र तेत्रो भाग दुईदेखि अढाई महिनामा टपड्रेस गर्नुपर्छ ।

लगाउने समय र तरिका

– ईलाका बीउ छर्ने समय बेर्ना सार्ने समय बाली लिने समय
– उच्च पहाड़ फागुन-वैशाख चैंत्र-जेष्ठ जेष्ठ-भाद्र
– मध्य पहाड भाद्र-मंसिर असोज-पुस कार्तिक-फागुन
– तराई असोज-पुस कार्तिक-माघ कार्तिक-फागुन
– बीउ सोझैं खेतबारीमा छरेर पनि खेतीगर्न सकिन्छ । तर बीउलाई पहिले नर्सरीमा छरेर बेर्ना उत्पादन गरी अन्यत्र सार्ने विधि राम्रो र उपयुक्त हुन्छ ।

बेर्ना उत्पादन विधि

३/४ पटक राम्ररी खनजोत गरी डल्ला फोर्ने र माटो नरम बनाउनुपर्छ । दुई-तीन मिटर लामो, एक मिटर चौडा २०-२५ से.मि. सतहदेखि उठेको डयाङ् बनाउनुपर्छ । त्यसरी तयार गरेको डयाङ्मा राम्ररी कुहिएको गोबर मल मिसाई सतह मिलाउनुपर्छ । ५-७ से.मि. को फरक पारी १-२ से.मि. गहिरो हुने गरी बीउ रोप्नुपर्छ । बालुवा अथ्वा धूलो माटोले बीउ पुरेर परालको छाम्रो हाल्नुपर्छ । माटो चिसो राख्नलाई समय-समयमा सिंचाई गर्दै जाने र बीउ उम्रेपछि परालको छाप्रो हटाइदिनुपर्छ । करिब एक महिना उमेर पुगेका बेर्नाहरू सार्न योग्य हुन्छन् ।

बीउ दर

३० ग्राम प्रतिरोपनी

सार्ने दुरी

हारको फरक ३० से.मि.

बोटको फरक १०-१५ से.मि.

सिचाई र गोडमेल

बेर्नासारे देखि नसरुन्जेलसम्म हल्का सिचाई गर्ने र सरिसकेपछि आवश्यकता अनुसार सिंचाई गर्नुपर्छ । झारपात पलाएको देखनासाथ उखेल्नुपर्छ र कुटोले हल्का गोडमेल गर्नुपर्छ ।

बाली लिने समय

बेर्ना सारेको २०-२५ दिनपछि पात टिपेर साग खान हुन्छ । पात टिप्दा बोटलाई चोट कम पर्ने गरी जरा नखल्बलिनेगरी हल्कासँग हँसिया अथवा चक्कुले पाठ काट्नु राम्रो हुन्छ । बोट बढ्दै गएपछि टिप्दै जानुपर्छ ।

उत्पादन

१५००-२००० किलो हरियो पात प्रति रोपनी उत्पादन हुन्छ ।

बाली संरक्षण

यसलाई लाग्ने भाइरस रोग अति हानिकारक हुन्छ । त्यसैले रोग लागेका बोटहरू उखेलेर हटाइदिनुपर्छ । यसलाई सेतो ढुसी रोग पनि लाग्न सक्छ । यसलाई रोकथाम गर्न बारी सफा राख्नुपर्छ । रोग लागेका र पुराना पातहरू हटाइदिनुपर्छ । त्यस्तै निलोतुथो र चुनको मिश्रणको झोल बनाई छर्नुपर्छ । यसलाई लाने कीराहरूमा साही र झुसिल्कीरा मुख्य हुन् ।

रायोका जातहरु

१. खुमल चौंडा पात
२. मार्फा चौंडा पात
३. खुमल रातो पात

Leave a Reply

Your email address will not be published.