विद्यार्थीको पढाई सुधार्न कफीको सुगन्ध प्रभावकारी

विदेश
2.6kViews

कफीको सुगन्धले पनि विद्यार्थीहरुको लेख्ने र विश्लेषण गर्ने शैलीमा सुधार हुुने दावि अनुसन्धानकर्ताहरुले गरेका छन् । अमेरिकास्थित स्टिभन्स इन्ष्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक एड्रियाना म्याजारोभको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो दावि गरिएको हो ।

इन्भाइरोनमेण्टल साइकोलोजी नामक जर्नलमा प्रकाशित रिपोर्ट अनुसार अनुसन्धानकर्ताहरूले व्यवस्थापन विषय पढिरहेका विद्यार्थीहरुलाई जीम्याटको अल्जेब्रासम्बन्धी दशओटा प्रश्न समावेश गरेर अध्ययन गरेका थिए । कम्प्युटर ल्याबमा गरिएको सो अध्ययनमासय जना विद्यार्थी सहभागी थिए र उनीहरूलाई दुई समूहमा बाँडिएको थियो । एक समूहलाई एउटा कोठामा कफीको सुगन्ध सुंघ्न लगाइयो र अर्को समूहलाई छुट्टै कोठामा राखियो । कोठामा बसेर कफीको सुगन्ध लिने विद्यार्थीले परीक्षामा राम्रो गरेको र तुलनात्मक रूपमा उच्च अङ्क प्राप्त गरेको पाइयो ।

त्यस्तै, अनुसन्धानकर्ताको समूहले गरेको अर्काे अर्को सर्वेक्षणमा २ सयभन्दा बढी सहभागीलाई विभिन्न प्रकारका सुगन्धबारे उनीहरूको विचार कस्तो छ र यसले उनीहरूको कार्यमा कस्तो प्रकारको प्रभाव पा-यो भनेर सोधियो । सहभागीहरूले आफूले कफीको सुगन्ध लिँदा बढी सजग र ऊर्जावान् भएको अनुभव हुने बताए ।

यस्तो अनुभूति कुनै फूलको सुगन्धको उपस्थितिमा नहुने उनीहरूको अभिव्यक्ति थियो । कफीको सुगन्धको उपस्थितिले उनीहरूको मानसिक कार्यमा हुने प्रदर्शन बढाउन सहयोग पुगेको अध्ययनले देखाएको छ ।

Leave a Reply

Your email address will not be published.