कुकुरको नयाँ नश्लका कारण विश्वभर नयाँ खालको बहस

विदेश
2.3kViews

कुकुरको नयाँ नश्ल (फ्रयांकटाइन पप्पिज) ले अहिले विश्वभरकै वैज्ञानिक र पशु विज्ञहरुको विचमा नयाँ विवाद शुरु भएको छ ।

कतिपयले नयाँ नश्लको विकासले विश्वको पशु उद्योगमा नयाँ संभावनाहरु देखाएको बताएका छन् भने कतिपयले यसले पशु उद्योगमा नकारात्मक असर पार्ने भन्दै त्यसको विरोध गरिरहेका छन् । उनीहरुका अनुसार अहिले विकास गरिएको नश्लबाट जन्मेका कुकुरको आयु निकै कम हुन्छ भने उनीहरु प्राकृतिक तवरमा जन्मिएका कुकुरहरु जस्तो बलियो पनि हुंदैनन् उच्च स्वरमा भुक्न पनि सक्दैनन् ।

शरिरमा रौं पनि निकै कम हुन्छ त्यसैले देख्दा पनि आकर्षक लाग्दैनन् । द फ्रेन्च बुल डग नाम दिइएका त्यस्ता कृत्रिम कुकुरहरु स्कटल्याण्डका ल्यावहरुमा तयार गरिएको बताइएको छ । तर, ती ल्यावहरु कुन कुन भन्ने बारेमा अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

बेलायती अखवार द सण्डे पिपुलले कृतिम कुकुर उत्पादन गर्नेहरुले त्यसको प्रभाव कस्तो पर्छ भन्ने विचार गर्न र शुरुमा आउन सक्ने विवादहरुबाट बच्नको लागि आफ्नो परिचय सार्वजनिक नगरेको हुनसक्ने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published.