पशुहरुलाई खुवाउने साइलेज के हो ? साइलेज बनाउने र ख्वाउने कसरी ?

कृषि बन
2.7kViews

वर्षायाममा वा अन्य समयमा बढी घाँस उत्पादन भएको बेलामा गाईवस्तुलाई खुवाई बाँकी रहेको घाँसलाई कुनै हावा नछिर्ने भाँडो वा खाडल वा जमिनको माथि वा थैलामा गुन्द्रुक झै हावा नछिर्ने गरी खाँदेर कम्तिमा पनि १ महिनासम्म राखेर घाँसपातको कमि भएको वेलामा पशुवस्तुलाई खुवाउन तयार भएको खुराकलाई साइलेज भनिन्छ ।

साइलेज बनाउने तरिका

घाँस छनौट : यसको लागि प्रशस्त मात्रामा कार्वोहाइड्रेड र पानी भएको घाँसेवाली जस्तै मकै, ज्वार, वाजरा, सुडान, नेपियर, सेटेरिया, रोड्स, दिनानाथ, उखुको टुप्पो इत्यादि अर्थात एक दलिय घाँसेवाली जसको डाँठ अलि मोटो र कडा खालको हुन्छ, त्यसलाई गेडामा दूध पस्ने बेलामा काट्नु पर्छ । ठूलो डाँठ भएका र गुलियो पदार्थ बढी भएको घाँस साइलेजका लागि अति राम्रो हुन्छन् ।

यसलाई ३०–४० प्रतिशत सुख्खा पदार्थ रहने गरी ओइल्याउनु पर्छ । सिंगै विरुवालाई खाँद्नु असजिलो हुने भएकोले २—२.५ इन्चसम्मको मसिनो टुक्रा बनाउनु पर्छ ।

अलि उँचो, भिरालो र पानी नजम्ने ठाउँमा खाडल खन्ने । साइलेज बनाउन टुक्रा पारिएको घाँसहरुलाई खाडलमा वा प्लाष्टिकको झोेलामा वा हावा नछिर्ने भकारीमा वा जमिन माथि राखेर बेस्करी खाँदेर राख्नु पर्छ । खाडल वा जमिन माथि बनाउने साइलेजलाई प्लाष्टिकले हावा नछिर्ने गरी छोपेर माथिबाट ३–४ इञ्च बाक्लो माटोले पुरेर छोपिदिनु पर्छ । केही पदार्थ मिसाउनु परेमा खाँद्नु भन्दा पहिले राम्रोसँग मिसाउनु पर्छ ।
साइलेज वनाएको ४५ दिन पछि पशुलाई ख्वाउन ठीक हुन्छ । यस्तो साईलेजलाई १२ देखि १८ महिनासम्म उपयोगमा ल्याउन सकिन्छ ।

साइलेजको फाइदा

– सुख्खा याम अथवा घाँसपातको कमि भएको बेलामा खुवाउन सकिन्छ ।
– हे का लागि उपयुक्त नभएको घाँसपातबाट पनि साइलेज बनाउन सकिन्छ ।
– झारपात पनि साइलेज बनाउन प्रयोग गर्न सकिन्छ तर यो स्वादिलो र राम्ररी पच्ने खालको हुनुपर्छ ।
– लामो समयसम्म (एक वर्षसम्म) संरक्षण गरेर राख्न सकिन्छ ।

साइलेज बनाउनका लागि प्रयोग गर्न सकिने घाँसेवालीहरु :-  बढी कार्वोहाइड्रेड भएका घाँसहरु जस्तैः मकै, ज्वार, वाजरा, सुडान, नेपियर, सेटेरिया, रोड्स, दिनानाथ, उखुको टुप्पो इत्यादि, अर्थात एक दलिय घाँसेवाली प्रयोग गर्न सकिन्छ । ठूलो डाँठ भएका र गुलियो पदार्थ बढी भएको घाँस साइलेजका लागि अति राम्रो हुन्छन् ।

साइलेजमा मिसाउन सकिने पदार्थहरु

– साइलेजमा प्रोटिनको मात्रा बढाउनका लागि कोसेवाली घाँस मिसाउन सकिन्छ ।
– जिवाणुलाई सक्रिय बनाउन अर्गानिक रसायन (Acetic acid, Citric acid, Benzoic acid, Formic acid Lactic acid, Propaonic acid, Formaldehyde, Ethylalcohol O{Toflb_ / In organic /;fog (Calcium carbonate, Magnesium carbonate, Ammonium sulphate, Sodium sulphate, Zinc sulphate, Sodium chloride, Sodium nitrite इत्यादि) अथवा दानामा प्रयोग हुने पदार्थहरु (ब्रान, मकैको टुक्रा, स्टार्च, खुँदो, मोही इष्ट इत्यादि) मिसाउन सकिन्छ ।

असल साइलेजको गुणहरु

– सुनौलो पहेंलो वा खैरो रंगको हुनुपर्छ ।
– पशुवस्तुले मन पराउने अमिलो वास्ना हुनुपर्छ ।
– घाँसमा पाइने पौष्टिकतत्वहरु सुरक्षित हुनुपर्छ ।
– पि.एच. ३.५–४.५ सम्म हुनुपर्छ ।
– सुख्खातत्व ३०–४० प्रतिशत हुनुपर्छ ।
– फोहर, ढुसी लागेको हुँनुहुँदैन ।

साइलेज खुवाउँदा ध्यान दिनु पर्ने कुराहरु

शुरुमा थोरै थोरै मात्रामा दाना मिसाई खुवाउनुपर्छ । बानी परेपछि ८–१० के.जी. सम्म प्रति पशु प्रति दिन खुवाउनु सकिन्छ । युरिया वा अन्य पदार्थ मिसाइएको साइलेजलाई आधा घण्टा जछि छहारीमा फिँजाएर मात्र खुवाउनुपर्छ । यसो गर्नाले एमोनिया उडेर जान्छ । । नराम्रो वास्ना भएको साइलेजमा मोलासेस (खुँदो) मिसाई खुवाउनु पर्छ । दूध दुहिसकेपछि मात्र साइलेज खुवाउनुपर्छ, अन्यथा दूधमा साइलेजको वास्ना मिसिन जान्छ र दूध गन्हाउँछ । प्रत्येक पटक साइलेज झिकिसकेपछि साइलेज झिकेको ठाउँलाई हावा नछिर्ने गरी छोपी बन्द गर्नुपर्छ ।

वालीको उप-पदार्थको संरक्षण

हिमाली क्षेत्रमा खेतीयोग्य जमिन सीमित मात्रामा भएपनि बर्षायाममा लगाइएको अन्न वाली एवं यसको उप—पदार्थहरु जस्तै, पराल, गहुंको भुसा, कोदोको नल, गहुँको नल, मकैको ढोड,मकैको खोसेला, बोडी, भटमास आदिको कुनौरोलाई राम्रोसँग भण्डारण र संरक्षण गर्न सके हिउँदको समयमा आहरा आपुर्ति गर्न सकिन्छ ।

स्रोतः राष्ट्रिय कृषि प्रविधि सुचना केन्द्र, नार्क

Leave a Reply

Your email address will not be published.