तपाइहरुलाई दुधे च्याउको बारेमा थाहा छ ? छैन भने पढ्नुस दूधे च्याउ खेती प्रविधि

तरकारी बाली प्रविधि
2.6kViews

सामान्य तथा च्याउ भन्ने वित्तिकै हामीलाई छाता जस्तो आकारक जमिनमा उम्रने हुर्कने भन्ने लाग्दछ । च्याउ एक प्रकारको ढुसी हो र य सेतो धागो जस्तो प्रकारबाट विकसित हुँदै पछि गएर च्याउको आकास लिन्छ । च्याउलाई ढुसीको पूर्णरुप पनि भनिन्छ । यो एक प्रकारको वनस्पति नै हो । सेतो दुध जस्तै भएकोले यसको नाम दुधे च्याउ भनिएको हो । यसलाई अंग्रेजीमा (Milky mushroom) भनिन्छ भने यसको वैज्ञानिक नाम Calocybe indica हो । यस दधे च्याउलाई पनि अन्य कन्ये, गोब्रे आदि च्याउ जस्तै गरि कृत्रिम तरिकाले खेती गर्न सकिन्छ । यस च्याउको खेती गर्मी मौसममा गर्नुपर्ने हुन्छ ।

स्थानको छनौट

यस च्याउको खेती गर्न काठमाडौं उपत्यकामा जेष्ठ महिना देखि भाद्र महिना सम्म र तराई र भित्रि मधेसमा जाडो महिना बाहेक अन्य समय उपयुक्त मानिएको छ । यस च्याउको खेती धानको पराल, गहुँको छ्वाली, मकैको ढोड, तोरीको गट्टे आदिमा गर्न सकिन्छ तर उपयुक्त भने धानको परालमा नै देखिएको छ ।

उपयुक्त तापक्रम

नेपालमा तापक्रम नियन्त्रण गरी च्याउ खेती गरिएको छैन त्यसैले हरेक च्याउको खेती गर्दा ठाउँ वा स्थानको तापक्रम थाहा पाएर मात्र कुन च्याउको खेती कहिले गर्ने भन्ने निर्णय गर्नुपर्दछ त्यसैले यस च्याउ खेती गर्दा पनि ढुसी फैलाउन २०-३० से. ग्रे र च्याउ फलाउन २८ से ग्रे देखि ३५ से ग्रे तापक्रम र औसत आद्रता ८०-८५ प्रतिशत हुन आवश्यक छ। उमानें मध्यामको पि एच ६.५-७५ सम्म राम्रो मानिएको छ।

दुधे च्याउको खेती गर्दा चाहिने सामग्रीहरु

१. हरियापन नभएको सुकेको पराल

२. पराल काट्ने कैचि

३. पराल भिजाउने भांडा-इम वा वाटा

४. पराल बफ्याउने ड्रम

५. असल च्याउको बीउ

६. प्लास्टिक व्याग (१८” x २२” )

७ दाउरा वा इन्धन

८ सुतली

९. खेती गर्ने कोठा

१०. पानी छम्कने स्प्रे आदि ।

दुधे च्याउको खेती गर्ने तरिका

दुधे च्याउ खेती गर्दा सबैभन्दा राम्रो धानको पराल नै हो । र ताइचुङग धानको पराल नै निकै राम्रो मानिएको छ । ढुसीमा हावाको राम्रो संचालन तथा चाडै नगल्ने भएकोले यसको छनौट गरिएको हो । पराल नयाँ र राम्रोसंग सुकेको हुनुपर्दछ । हरियो परालमा दुधे च्याउ फल्दैन ।

१. सर्वप्रथम पराललाई १-१.५ इन्चसम्मको टुक्रामा काट्ने र बीउको मात्रामा मिलाउने पराल जोख्ने । ५ कि.ग्रा. सुख्खा पराललाई २५० ग्राम च्याउको बीउ आवश्यक पर्दछ ।

२. ३० मिनेट जति सफा पानीमा काटेको पराल भिजाउने ।

३. ५-६ घण्टा वा एक रात छायाँमा पानी तर्काउने ।

४. हातले थिच्दा चिसो मात्र हुने गरि पानीको मात्रा मिलाउने ।

५. मःम बफ्याए जसरी पराल बफ्याउने तापक्रम ३०-१०० से, ग्रेड) ६. २ घण्टा समय सम्ममा बफ्याउने

७. पराल चिसो भएपछि १८” -२२” को प्लास्टिक व्यागमा पराल बीउ (करिब ६ इन्च) गरि तह तह मिलाई बीउ रोप्ने वा छर्ने र थिच्ने मुख बाँध्ने ।

८. डल्लोमा २०-२५ वटा वरपर सुइरोले प्वाल पार्ने ।

९. डल्लो Ball लाई भुइँमा मात्रै वा डोरीको सहायताले झुण्डाउने ।

१० कोठाको तापक्रम २०-३० से ग्रेड हुने गरी मिलाउने ।

११. तीन हप्ता देखि एक महिनामा परालमा सेतो ढुसीले ढाक्दछ ।

१२. ढुसीले ढाकेपछि उपचार गरेको माटोले १-१.५ इन्च वाक्लो गरी छोपी दिने यसलाई Casing भनिन्छ ।

१३. हल्का प्लाष्टिकको मुखमा पानी छम्किने ।

१४. यस समयमा तापक्रम २८-३५ से ग्रेड आवश्यक पर्दछ ।

१५. १०-१५ दिन भित्रमा स-साना च्याउ देखिन शुरु हुन्छ ।

१६. एक हप्ता भित्रमा च्याउ टिप्न योग्य हुन्छ ।

१७. एक पटक लगाएको च्याउको डल्लोमा २-३ पटकसंग च्याउ फुल्दछ ।

१८. च्याउ खेती गरिएको स्थानमा सर सफाई राम्रो हुनु जरुरी छ रोग कीराले दुःख दिन सक्दछ ।

च्याउ टिप्ने तरिका

१. टिप्न तयार भएको च्याउको डाँठको फेदमा समाई एक पटक दायार एक पटक बाया मकाई हल्का हातले टिप्नु पर्दछ । यसो गर्दा डाँठ बाकी रहदैन र नोक्सान पनि हुँदैन । पछि उम्रने च्याउलाई पनि असर गर्दैन ।

२. च्याउ टिपेपछि डल्ला र भुइमा पानी दिई रहनु पर्दछ ।

३. प्रविधि सबै मिलाउन सकेमा ५ कि.ग्रा. सुख्खा परालबाट ६-७ कि.ग्रा. सम्मका च्याउ फलाउन सकिन्छ ।

सरसफाई

जुनसुकै च्याउको खेती गर्दा पनि सरसफाईमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । यस दुधे च्याउमा पनि रोग कीरा लाग्ने भएकाले सफा देखिने जस्तो परालको छनौट, ठाउँको छनौट, बीउको छनौट, परालमा पानीमा मात्रा बफ्याउने प्रविधि, प्लास्टिक व्यागको छनौट, दक्ष कामदारको छनौट पानीको गुणस्तर, प्रयोग हुने औजारको सरसफाई आदि उचित प्रबन्ध हुनु अति नै जरुरी हुन्छ । त्यस्ता यता तिर ध्यान दिएमा च्याउ व्यवसायमा अवश्य सफल भइन्छ ।

आम्दानी

स्थान, समय र लगानीको अनुपातमा च्याउमा आम्दानी उल्लेख्य नै छ । आफुसंग जमिन छ, जनशक्ति छ, टहरा बनाउने सामान छ भने ६०-६५% सम्म खुद आम्दानी हुन सक्छ तर सबै तिर नगद खर्च गर्दा १८-२५% सम्म खुद आम्दानी लिन सकिन्छ ।

रोग किरा

व्यवस्थापन भनेको रोग किरा लाग्न नदिनु हो । त्यो भनेको पहिले नै सर सफाईमा विशेष ध्यान दिनु पर्दछ । सिफरिस प्रविधिलाई ध्यान पूर्वक अपनाउने वा विशेष सतर्कका साथ च्याउ खेती गर्नु पर्दछ । च्याउमा रोग कीरा लागि सके पछि नियन्त्रण गर्न धेरै नै गाह्रो हुन्छ । विषादी छर्दा च्याउको ढुसी तथा च्याउ लाई नै असर गर्दछ।

स्रोत:- नेपाल कृषि अनुसन्धान परिषद

Leave a Reply

Your email address will not be published.