मकैसँग अदुवा रोप्ने अन्तरवाली प्रविधि

खाद्यबाली प्रविधि
1.8kViews

काठमाडौं : कुनैं एकबाली लगाउँदा लाईनदेखी लाइनको बीचमा खाली रहेको जग्गामा अर्को बाली लगाइन्छ भने त्यसलाई अन्तरवाली भनिन्छ । अदुवा एक छायाँप्रेमी बाली भएकोले र मकैं एक प्रमुख खाध्यन्न बाली भएकोले एकैं जग्गाबाट अन्तरवासी खेती प्रणाली अपनाइ दुवैं बालीको राम्रो उत्पादन लिन सकिन्छ । देशको खाद्य सुरक्षा र आयआर्जनको लागि यो अन्तरबाली खेती प्रणाली राम्रो टेवा दिइरहेको छ।

खेती गर्न तरीका

१. मकै रोप्दा लाइनदेखि लाइन बीचको दूरी १०० सेमी र बोटदेखि बोट बीचको दुरी ५० से मी कायम गरी एक ठाउँमा दुई मकैबोट हुर्काउनुपर्दछ । त्यस्तै अदवा रोप्दा दुई लाइन मकैको बीचमा दुई लाइन बनाई रोप्नुपर्दछ । यसका लागि रोप्ने अदुवाको दुरी लाइनदेखि लाइन बीच ५० से मी र बोटदेखि वोट बीच २५ से.मी.कायम राख्नुपर्दछ ।

२. मकै र अदुवा लगाउनको लागि पानी नजम्ने, मलिलो र निकासको राम्रो प्रबन्ध भएको जग्गामा ६०:३०:३० के जी नाइट्रोजन फस्फोरस स् पोटास र १० टन कम्पोष्ट मल प्रतिहेक्टरका दरले जग्गा तयारीको बेला हाल्नुपर्दछ । त्यस्तै अदुवाको लागि मात्र माविको दुरीअनुसार कुलेसो बनाई त्यसमा थप ३० टन कम्पोष्ट मल र ३०:३०:३० के.जी. नाइट्रोजन, फस्फोरस, पोटास प्रतिहेक्टरका दरले राख्नुपर्दछ ।

३. अदुवालाई छापो चाहिने हुनाले छिट्टै कुहिने खालको पात(पतिपर, सोत्तर आदिले एकनासले छोप्नुपर्दछ । यसो गर्नाले माटोको चिस्यान कायम रहने झारपात कम उम्रने र छापो कुहिएर माटोमा प्राङगरिक मलको मात्रा बढ्ने हुन्छ ।

४. मकै उम्रेपछि अदुवा नउम्रिउन्जेल सबै भारपातहरू हटाउनुपर्दछ । अदुवा उम्रिसकेपछि अदुवाको मउहरु भिकी उकेरा दिनुपर्दछ । उकेरा दिदा ३० के. जी. नाइट्रोजन प्रतिहेक्टर थप मलको रूपमा दिनुपर्दछ ।

५. अदुवा रोपेको झण्डै ९ महिनापछि पाक्दछ। बोटहरु पहेलो भई पातहरु सुकेपछि अदुवा खन्नुपर्दछ । मकै भदौं तिर भाँचेर सबै ढोडहरु हटाउनुपर्दछ ।

फाईदा तथा नतिजा

गसरी मकै रोप्दा लाइनदेखि लाइन बीचको दूरी १०० से.मी. र बोटदेखि बोटको दुरी ५० से.मी. कायम गरी एक ठाउँमा दुई मकैबोट हुर्काउँदा बिरुवाको संख्या कायम भई मकैको उत्पादन राम्रो हुने र अदुवाको लागि चाहिने दुरी पर्याप्त हुन गई हावा तथा प्रकाश राम्ररी खेल्न पाउने, मलको राम्रो सदुपयोग हुने, गोडमेल गर्न सजिलो हुने, ज्यामी कम लाग्ने र उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ । यसरी मर अदुवाको अन्तरवाली डी. पी. एस. प्रणालीबाट लगाउँदा मकैं र अदुवाको कुल उत्पादन एकल बाली प्रणाली भन्दा २५/ २५ प्रतिशतले बढी हुन्छ ।

स्रोत:- कृषि अनुसन्धान केन्द्र, पाख्रीबास, धनकुटा

Leave a Reply

Your email address will not be published.