खाद्य ऐन उल्लङ्घन गर्ने ६४ कम्पनीविरुद्ध मुद्दा दायर

बजार
2.7kViews

काठमाडौँ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून गुणस्तर तथा दुषित खाद्य वस्तु उत्पादन गरेको कसुरमा ६४ कम्पनीविरुद्ध विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले आज तेश्रो त्रैमासिक तथा नौमासिक प्रगति विवरण सार्वजनिक गर्दे खाद्य ऐन उल्लङ्घन गर्ने ६४ कम्पनीविरुद्ध मुद्दा दायर गरेको जनाएको हो । सबै भन्दा धेरै दूध तथा दूग्धजन्य पदार्थसँग सम्बन्धित मुद्दा दायर गरिएको छ ।

विभागका अनुसार दूध तथा दूग्धजन्य पदार्थसँग सम्बन्धित १३, खाद्यान्न तथा दलहन पदार्थका १३, प्रशोधित पिउने पानीसँग सम्बन्धित ९ वटा, विभिन्न किसिमका ससमा ५ वटा, चियाको ४ वटा, दाना पदार्थको ९ वटा, मसलाजन्य खाद्य पदार्थको ५ वटा, खाद्य तेलको २ वटा, मिठाईको १, महको १ र अन्य पदार्थको २ गरी जम्मा ६४ कम्पनीविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

उक्त ६४ थान मुद्दा मभ्ये २६ वटा मुद्दा दुषितका, २० वटा मुद्दा लेबल सम्बन्धि, १४ वटा मुद्दा न्यून गुणस्तरका तथा ४ वटा मुद्दा खाद्य ऐन विपरितका थिए । ९ महिनाको अवधिमा २ हजार ६ सय ७१ नमुना संकलन गरिएकोमा १ सय ४१ प्रतिकुल पाइएको थियो ।

Leave a Reply

Your email address will not be published.