काठमाडौं : गेडागुडी तरकारीहरू मध्येबोडी पनि एक महत्वपूर्ण तरकारी हो । धेरैजसो बोडीको लहरा जान्छ । यसको उत्पत्ति मध्य अमेरिकाबाट भएको मानिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन ए, खनिज तत्वहरू कार्बोहाइड्रेट पाइने हुँदा यसको पौष्टिक महत्व बढिछ । तनेबोडीको सुकेको दाना दालको लागि र हरियो कोसा तरकारीको लागि प्रयोग गरिन्छ ।
हावापानी : यो गर्मी याममा हुने तरकारी भएकाले उच्च र मध्य पहाडी इलाकामा गर्मी याममा र तराईमा वर्षा याम र सर्दी याम बाहेक अरु समयमा यसको खेती गरिन्छ ।
माटो : यसको खेती सबै किसिमको माटोमा हुने भए तापनि बलौटे दुमट र चिम्टिलो दुमट माटोमा यसको खेती राम्रो हुन्छ ।
जग्गा तयारी : २/३ पटक राम्ररी खनजोत गरी डल्ला फोर्न र पानी नजम्ने गरी दुमट माटोमा यसको खेती राम्रो हुन्छ ।
मलखाद : २०-२५ डोको राम्ररी कुहिएको गोठेमल अथवा कम्पोष्ट मल, २ किलो नाइट्रोजन, ३ किलो फोस्फोरस र ३ किलो पोटास प्रतिरोपनीका दरले जग्गा खनजोत गर्दा राम्ररी माटोमा मिलाउनुपर्छ । यो पनि कोसेबाली भएकाले यसले ब्याक्टेरियाको सहायताबाट जरामा नाइट्रोजन जम्मा गर्छ । त्यसैले नाइट्रोजनयुक्त मल टपड्रेस गर्नु पर्दछ ।
लगाउने समय र तरिका : यसको लगाउने समय र तरिका घ्यू सिमीकै जस्तै हो ।
ईलाका | बीउ छर्ने समय | बाली लिने समय |
उच्च पहाड | चैत्र-वैशाख | असार-भाद्र |
मध्य पहाड | माघ-वैशाख
साउन-भाद्र
|
वैशाख-साउन असोज-मंसिर |
तराई | भाद्र-असोज | मंसिर-माघ |
बीउ दर: २ प्रतिरोपनी ।
बीउ रोप्ने दुरी :
हारको फरक : १२० से.मि.
बोटको फरक २० से.मि.
थाँक्रो दिने : बोडी पनि ध्यू सिमी जस्तै लहरे वाली भएकाले थाँक्रो दिनुपर्छ । तर यसका लहरा नजाने जात जस्तै मालेपाटन बोडीलाई श्रीकाको आवश्यकता पर्दैन ।
सिंचाई र गोडमेल : बीउ छर्नुभन्दा पहिले राम्ररी पानी पठाउनुपर्छ र चिस्यान प्रशस्त छँदै बीउ रोप्नुपर्छ । यसपछि आवश्यकता अनुसार सिचाई गर्दै जानुपर्छ । भारपात उम्रेपछि कुटो अथवा खुर्पीले राम्ररी खनेर गोड्नुपर्छ ।
बाली लिने : बीउ रोपेको ६०-७० दिनमा हरियो कोसा टिप्न तयार हुन्छ ।
उत्पादन : २००-४०० किलो प्रतिरोपनी ।
बाली संरक्षण : यसलाई खासगरी लाही कीरा र लाभ्रे कीरा लाग्छ । घ्यू सिमीलाई जस्तै वालीको संरक्षण गर्नुपर्छ ।
जात :
१. खुमल तने
२. आकाश प्रकाश
३. मालेपाटन आदि ।
स्रोत :- तरकारी खेती प्रविधि पुस्तक