गरिमा क्यापिटलको एजीएम वैशाख ९ गते, यस्ता छन्‌ प्रस्ताव

अर्थ सहकारी
1.7kViews

गरिमा क्यापिटल लिमिटेडले वैशाख ९ गते छैटौं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । पार्क भिलेज रिजोर्ट बूढानीलकण्ठमा आयोजना हुने साधारणसभामा कम्पनी सञ्‍चालक समितिले विभिन्न ९ प्रस्ताव पेश गरेको भएको गरिमा क्यापिटलले जानकारी दिएको छ ।
सञ्चालक समितिले साधारणसभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव लैजाने भएको हो ।

Leave a Reply

Your email address will not be published.