बागमतीमा प्रदेश उच्च शिक्षा ऐन कार्यान्वयनमा

बागमती प्रदेश स्थानीय तह
2.3kViews

बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ जारी गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । बागमती प्रदेश सभाले पारित गरेको प्रदेश उच्च शिक्षा ऐन,२०७८ चैत्र १४ गते जारी भएको थियो । उक्त ऐन कार्यान्वयन प्रक्रिया अघि बढाउँदै प्रदेश सरकारले ऐनमा व्यवस्था भए अनुसार प्रदेश उच्च शिक्षा परिषद्को बैठक आइतबार सम्पन्न गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री तथा परिषद्का अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद्को बैठकले तत्काल प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई कार्यान्वयन गर्नको लागि परिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published.