2.3kViews
कैलालीको जानकी गाउँपालिका वडा नं ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी – ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त छन् । व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीका घार बोकेर सो वनमा गएका हुन् । छ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीको आहारा खोज्दै कहिले खेतमा त कहिले विभिन्न सामुदायिक वनमा पुग्ने गर्छन् ।
मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीका घार ठाउँठाउँ पु¥याउन पनि उहाँलाई कुनै समस्या छैन । “मसँग धेरै मौरी त छैन । व्यवसायलाई विस्तारै बढाउँदै गएको छु,” उनले भने, “मिहेनतअनुसार आम्दानी राम्रो छ । सिजनमा राम्रो आम्दानी हुन्छ । त्यहीँबाट आएको पैसाले घर खर्च, बालबालिकाको पढाइलगायतको सबै खर्च बेहोर्ने गरेको छु ।”
1212
Shares