तरलता अभाव : किसानले बुझ्नु पर्ने कुरा

काठमाडौँ : यति बेला नेपालको वित्तीय प्रणालीमा तरलता अभाव रहेको कुराले निकै चर्चा पाएको छ । बैङ्कहरूसँगै पैसा अभाव भएकोले सानो तिनो लगानी गर्न सक्ने अवस्थामा समेत उनीहरू नभएको समाचारहरू आइरहेका छन् । तर, अहिले पनि तरलता भनेको के हो भन्ने बारेमा धेरै मानिसहरू अनविज्ञ रहेको पाइन्छ । साँच्चै तपाईँलाई थाहा छ, तरलता भनेको के […]

Continue Reading

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर ९५ हजार ८०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु […]

Continue Reading

दुनाटपरी बेचेर मनग्य आम्दानी

दुनाटपरी बचेर कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आउनुभएको छ । घरको कामबाट फुर्सद पाइएका बेला उहाँले दुनाटपरी बनाउनुहुन्छ । उहाँका अनुसार बनाइएका ती दुनाटपरी नजिकैको गुलरी बजार र कैलालीको धनगढी बजारमा बिक्री हुने गर्दछ । उहाँले भन्नुभयो,“ बाँसको सिन्का सालको पातमा गाँसेर दुनाटपरी बनाउँदै आएकोे छु ।यसबाट महिनामा रु १० हजारदेखि रु […]

Continue Reading

हिमालमा महँगी बढ्यो

गत चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा मूल्यवृद्धि उकालो लागेको देखिएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको […]

Continue Reading

आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई ४२ अर्ब ७३ करोड बजेट

काठमाडौं : आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले कृषि क्षेत्रमा ४२ अर्ब ७३ करोड ३० लाख रुपैयाँको बजेट सिलिङ तोकेको छ । यो चालु आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित गरेको कृषिको बजेटभन्दा ८ अर्ब ७९ करोड रुपैयाँ बढी हो । कुल ४२ अर्ब ७३ करोड ३० लाख रुपैयाँको सिलिङमा वैदेशिक अनुदान १ अर्ब ६७ करोड […]

Continue Reading

महावलेश्वर डेरीको उत्पादन बजारमा

रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालिले रेभा, एमडिआई ब्राण्डको ‘मिल्क ड्रिंक्स’ बजारमा ल्याएको छ । बुटवलमा स्थापना भएको उद्योगले आफ्ना उत्पादन नेपालभरि अधिकृत विक्रेतामार्फत बिक्री वितरण सुरु गरेको छ । यसै क्रममा उद्योगले शुक्रबारदेखि काठमाडौँमा पनि आफ्नो उत्पादनको बिक्री वितरण सुरु गरेको हो । पवित्र डेरी उद्योगको अर्को परियोजनाको रुपमा बुटवल उपमहानगरपालिका–१४ मा स्थापित […]

Continue Reading

रेमिट्यान्स : गाउँ रित्तियो, सहर उभोँ लाग्यो

करिब तीन दशक अघिसम्म ढुङ्गा र खरले छाएका र पाली हालेका गाउँले पाराका घर हुन्थे गाउँघरमा संयुक्त परिवार हुन्थ्यो । दसैं तिहारजस्ता चाडपर्व आउँदा सेतो कमेरो र रातोमाटोले लिपपोत गर्दा घर चिटिक्क देखिन्थे । गाउँ नै उज्यालो हुन्थ्यो । घरनजिकै गाईगोठ र भैँसीगोठ हुन्थ्यो । परालका माच, मकैका कुन्यू र नलको चाङ हुन्थ्यो । घरको […]

Continue Reading

स्वदेशी उद्योग बन्दः बर्सेनि अर्बौँको टायर आयात

‘ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली रबर उद्योग भएर’ कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भइ नै रहेको छ । त्यसैले केही समय मुलुककै पहिलो त मुलुकको एक मात्र रबर उद्योग गोरखकाली रबर उद्योगले नेपाली बजारमा राम्रै हिस्सा […]

Continue Reading

साढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार

एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो । सो आयोजनाले हालसम्म झण्डै रु पाँच अर्ब बराबरको बिजुली बिक्री गरेको छ । अर्थतन्त्रका जानकारहरूले एक युनिट बिजुली बराबर रु […]

Continue Reading

उन्नत जातको बीउको प्रयोग गरी धानको उत्पादन वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा भएको छलफलमा उहाँले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताउनुभयो । “दुई महिनादेखि मैले धानको उन्नत बीउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईंहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन”, उहाँले भन्नुभयो […]

Continue Reading