बगरमा सामूहिक खरबुजा खेती, राम्रो आम्दानीले किसान खुसी

दाङ : पहिले राप्ती नदी पसेर खेतीयोग्य जमिन नै कटान गरी बगरमा परिणत गराएको ठाउँलाई अहिले किसानले हरियाली बनाएका छन् । त्यही बगरमा यतिबेला लटरम्म खरबुजा तथा तरकारी फलेका छन् । यही खेतीबाट किसानहरु लखपति पनि बनेका छन् । बगरे खेतीबाटै लखपति बनेका उनीहरुमा अहिले ठूलो जोसजाँगर पलाएको छ । यसै व्यवसायबाट उनीहरुले आफूलाई आर्थिक […]

Continue Reading

असिनापानीले स्याउ खेतीमा क्षति

जुम्लामा शनिबार राति परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ । सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए । असिनाले सखाप बनायो ।” उहाँको बगैँचामा स्याउका ९० बोटले फल दिँदै आएका […]

Continue Reading

जुम्ली स्याउ–बगैँचा फुलेर ढकमक्क

खलङ्गा : कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुसी पनि देखिनुहुन्छ । उहाँले भन्नुभयो, “जुम्ला अर्गानिक स्वादिलो स्याउ […]

Continue Reading

म्याग्दीको बाँदुकमा सुन्तला र आलु खेती विस्तार

बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बाँदुकमा सुन्तला खेती र आलु खेती विस्तार गरिएको छ । सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको बाँदुकमा ‘बाँदुक सुन्तला खेती समूह’ गठन गरी सुन्तलालाई व्यावसायिक खेतीका रुपमा विस्तार गरिएको हो । समूहमा आबद्ध १६ किसानले खेतबारीमा ५० देखि २०० सुन्तलाका बोट रोपेका छन् । नेपाल रेडक्रस सोसाइटीले आधारभूत तालिम र […]

Continue Reading

झाडी फाँडेर केरा खेती

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीका कृषकले बाँझिएको पाखोबारीमा केरा खेती गरेर हराभरा बनाएका छन् । तीन कृषकले कोरोना भाइरसको महामारी फैलिएपछि दुई वर्षअघि भएको बन्दाबन्दीको समयमा २७ रोपनी झाडी फाँडेर व्यावसायिकरुपमा केरा खेती सुरु गर्नुभएको हो । रघुगङ्गा–२ रिसिन चौतारीका बलबहादुर सुनार, रमेश कटुवाल र बुद्धिबहादुर कार्कीले केरा खेतीबाट आम्दानी गर्न थाल्नुभएको छ । न्यू कालीगण्डकी […]

Continue Reading