आगामी वर्षको बजेट कृषि उत्पादनमा केन्द्रीत हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट कृषि उत्पादन बढाउन केन्द्रीत हुने बताएका छन् । हिजाे (३ जेठ) प्रतिनिधिसभामा विनियोजन बजेट पेस गर्दै उनले आगामी आर्थिक वर्षको बजेट कृषि उत्पादन बढाउन केन्द्रीत हुने बताएका हुन् । ‘आगामी वर्षमा कृषि क्षेत्रलाई विषेश प्राथामिकतामा राखिने छ’ उनले भने,‘कृषि उत्पादन वृद्धि गर्न कृषि अनुसन्धान, मल, बिउ, […]

Continue Reading

सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चादँनी सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको निर्माणलाई अघि बढाउन पहल गरिरहेको बताउनुभयो । “लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिए पनि […]

Continue Reading

६४ उद्योगलाई कानुनी कार्बाही

भिन्न प्रकारका अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरको अभियोगमा ६४ उद्योगलाई कानुनी कार्बाही गरिने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले ती उद्योगलाई कानुनी कार्बाहीका लागि सम्बन्धित निकायमा मुद्दा दर्ता गरिसकेको छ । चालु आर्थिक वर्षको नौ महिनाको आवधिमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्य […]

Continue Reading

‘के गर्न हुन्छ, के गर्न हुँदैन ’

काठमाडौँ : स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान सुरु भइसकेको छ । यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सम्पूर्ण बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आज महत्वपूर्ण दिन हो । निर्वाचनकै इतिहासमा पहिलोपटक […]

Continue Reading

पानी नपर्दा मकै रोप्न समस्य

आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण आकाशे पानीकाभरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् । पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न […]

Continue Reading

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित

काठमाडौँ : नेपाल सरकारले परीक्षणको रुपमा आगामी जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । यही २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार हरेक शनिबार र आइतबार बिदा दिने र अन्य दिन बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म कार्यालय समय रहने उल्लेख गरेको छ । यद्यपि कात्तिक […]

Continue Reading

खाद्य ऐन उल्लङ्घन गर्ने ६४ कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौँ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून गुणस्तर तथा दुषित खाद्य वस्तु उत्पादन गरेको कसुरमा ६४ कम्पनीविरुद्ध विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले आज तेश्रो त्रैमासिक तथा नौमासिक प्रगति विवरण सार्वजनिक गर्दे खाद्य ऐन उल्लङ्घन गर्ने ६४ कम्पनीविरुद्ध मुद्दा दायर गरेको जनाएको हो । सबै भन्दा […]

Continue Reading

आज मध्यरातबाट मौन अवधि सुरु हुँदै, के-के गर्न पाइँदैन ?

काठमाडाैं : स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयाेगले जनाएकाे छ । आयाेगले  मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएकाे छ । […]

Continue Reading

काठमाडाैं र ललितपुरमा आज मध्यरातिदेखि मदिरा बिक्रीमा राेक

काठमाडौं : काठमाडौं र ललितपुरमा आज (मंगलबार) राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएको छ। मौन अवधिदेखि ३० वैशाख अर्थात मतदान नसकिएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको छुट्टाछुट्टै सूचनामा उल्लेख गरिएको छ। स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा […]

Continue Reading

नार्कले मनायो ३१ औँ वार्षिकत्सव

काठमाडौं : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को स्थापना भएको ३१औ वर्ष पूरा भएको छ। नेपालको कृषि क्षेत्रको समस्याहरु पहिचान गरी तिनको समस्या समाधानका लागि गुणस्तरीय अध्ययन अनुसन्धान र कृषिसम्बन्धी नीति निर्माणमा सहयोग गर्ने उद्देश्यलले विसं २०४८ सालमा एक स्वायत्त संस्थाको रुपमा नार्कको स्थापना भएको हो। ३१ वर्षको अन्तरारमा नार्कले विभिन्न ८० बालीवस्तुका ७२३ जात विकास […]

Continue Reading