तीस वर्ष भयो, धारा सुक्दै गयो !

बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको तारेभिरमा मात्रै मुहान छ । दैनिक बिहान ४ बजेदेखि उठेर पानी नभरे स्थानीयवासीले दैनिकी गर्न भ्याउँदैनन् । खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रेमबहादुर भुजेलले राति ४ बजेदेखि कुरेर पानी भर्दा बिहानभर लाग्ने गरेको गुनासो गर्नुभयो । तीस वर्षअघि […]

Continue Reading

स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

तनहुँ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउने उद्देश्यसहित मौन अवधिको समयमा जिल्लाभर मदिराजन्य […]

Continue Reading

आफैंले पालेको राँगोले हान्दा मृत्यु

लमजुङ : आफैंले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छ। सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको मृत्यु भएको छ। राँगोले हानेर गम्भीर घाइते उनको बेंसीशहरस्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगोले […]

Continue Reading

कौसी खेतीमा रमाउँदै रामपुरका महिला

लटरम्म फलेका घिरौँला, करेला, काँक्रा, सिमी जस्ता तरकारीले घरका छत भरिएका छन् । पाँचतला माथिका छतमा हरियाली फलेका तरकारी देख्दा सबैलाई लोभ्याइरहेको छ । आफूमा इच्छा शक्ति र जाँगर भयो भने छतमै हरियाली तरकारी फलाउन सकिने उदाहरण बनेका छन्, पाल्पा रामपुरका महिलाहरु । फुर्सद मिल्यो कि छतमा जाने तरकारी गोडमेल गर्ने, पानी हाल्ने कार्यमै समय […]

Continue Reading

दुई गाग्री पानी लिन एक बिहान खर्चिनुपर्ने बाध्यता

तनहुँ : टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फकाउर्नु पर्छ, पालो पाएमा बल्लतल्ल दुई÷तीन गाग्री पानी भर्न पाइन्छ, व्यासनगरपालिका–५ पतेनीका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन् । यहाँ जडान गरिएका धारामा प्रशस्त र लामो समयसम्म पानी नआउँदा पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएका हुन् । […]

Continue Reading

किसान मतदाताका गुनासा : सिँचाइ छैन, मल बीउ पाइँदैन

गलेश्वर,: स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन् । राजनीतिक दलका कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ता नै बढी देखिन्छन् । गाउँमा कामको चटारो छ । गहुँ थन्क्याउने, मकै छर्ने, गोड्ने, हिउँदे तरकारी लगाउने, बार–थाँक्रा हाल्ने, सिँचाइका […]

Continue Reading

हिमाली क्षेत्रका किसानको बुझाई : जलवायु परिवर्तन मानिससंग दैवले लिएको बदला हो

ताप्लेजुङको वालुङ गाउँका बासिन्दाले अनियमित हिमपात तथा अन्य वातावरणीय परिवर्तनलाई नैतिक पतनका कारण पाएको दैवी सजायका रुपमा लिन्छन् । त्यसका कारण समुदायलाई संकट आइपर्नसक्ने उनीहरूको बुझाइ छ । ‘हिजो बिहान आकाशमा रातो बादल देखिएको थियो’ हिमाली जिल्ला ताप्लेजुङको वालुङ गाउँकी याकपालक पेम्बा भुटी शेर्पा भन्छिन्, ‘भोलि हिउँ पर्न सक्छ ।’ नोभेम्बर २०२१ मा हामीले उनीसँग […]

Continue Reading

मनाङमा मानव र वन्यजन्तुबीच द्वन्द

बाबुलाल तिरुवा २०७६ सालमा तेन्जिङ गुरुङले आफ्नो दुई वटा याकको बाच्छी र दुई वटै अर्धवयस्क याक हिउँ चितुवाबाट गुमाए । गुरुङ मनाङको ङिस्याङ गाउँपालिका वडा नं. ४ का स्थानीय हुन् । घटना याक खर्क नजिकै भएको थियो । २०७५ सालमा हिउँ चितुवा र ब्वाँसोले छाङ्ग्दु गुरुङको ४ वटा याक मा-यो । घटना माथिल्लो मनाङको तार्केङ […]

Continue Reading

म्याग्दीको बाँदुकमा सुन्तला र आलु खेती विस्तार

बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बाँदुकमा सुन्तला खेती र आलु खेती विस्तार गरिएको छ । सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको बाँदुकमा ‘बाँदुक सुन्तला खेती समूह’ गठन गरी सुन्तलालाई व्यावसायिक खेतीका रुपमा विस्तार गरिएको हो । समूहमा आबद्ध १६ किसानले खेतबारीमा ५० देखि २०० सुन्तलाका बोट रोपेका छन् । नेपाल रेडक्रस सोसाइटीले आधारभूत तालिम र […]

Continue Reading

स्थानीय तह निर्वाचन : म्याग्दीमा राजनीतिक सरगर्मी बढ्यो

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रियता बढाएका छन् । ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उम्मेदवार तथा परिणामको चर्चा हुन थालेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलले उम्मेदवार छनोट अन्तिम चरणमा […]

Continue Reading